एक्सक्लुटिभ:

सुझाव

| Tuesday, November 22, 2011 |

मेरी यौटी साथी लाई कसैले प्रेम प्रस्ताव राख्यो र उ पनि त्यो प्रेम प्रस्ताव केटालाइ मन पराउँछे । उसले म के गरुँ दाई – भनी सुझव मागी मसँग । उसैलाइ सुझाव दिन लेखिएको पत्रात्मक निबन्ध हो यो ।
साथी, “प्रेम र भविष्यको अन्तरसम्बन्ध” यसको पाठ तिमीले बारम्बार सुनेकी हौली र पढेकी पनि…… । जुन मैले तिमीलाइ पुनरुक्ति गरेर बोर गर्न चाहन्न । तिमीमा सोँच्न सक्ने क्षमता छ र आत्मनिर्भर पनि छ्यौ तिमी, तिमीलाई आदर्शवाद सिकाउनु पनि मेरो लक्ष्य होइन । म चाहन्छु तिमी यथार्थको पहिचान गर्न सक र त्यसको पहिचान गर्न मेरो लेख अवश्य सहायक सिद्ध हुनेछ ।



केटा र केटीको वीचमा प्रचलित प्रेम दुइ प्रकारको हुन्छ पहिलो इन्ज्वायको लागि……र दोश्रो लाइफ टाइमको लागि….. । यदि इन्ज्वायको लागि तिम्रो प्रेम हो भने तिमी तल लेखिएका कुराहरु नपढ्नु जस्ट इन्ज्वाय गर्नु तर म चाहन्छु तिम्रो इन्ज्वाय सकारात्मक होस् र स्वीकार्य होस् । यदि तिमी लाइफटाइमको लागि प्रेम गर्छ्यौ भने तल लेखिएका कुरा पढ्नु अनि मनन गर्नु र अनि बल्ल कुनै निर्णयलिनु ।
भनिन्छ संसार मायामा अडिएको हुन्छ तर यथार्थमा संसार मायाको कारणले होइन, गुरुत्वाकर्षाको कारणले अडिएको हुन्छ । जसलाइ आकर्षा पनि भन्न सकिन्छ । एक ग्रहको अर्को ग्रहप्रति हुने आकर्षा र विकर्षाले नै संसारलाइ आफ्नो ठाउँमा अड्याएको हुन्छ । यर्सथ यथार्थतः जसलाइ हामी माया भन्छौँ त्यो आकर्षा हो । आकर्षा भिन्न भिन्न प्रकारका हुन्छन् जस्तै पृथ्वीले सबै वस्तुलाइ आफुतर्फतान्दछ भने चुम्बकले फलामलाइ मात्र……। मेरो विचारमा हाम्रा प्यारेन्टस्ले हामीलाइ गर्ने माया पृथ्वीको आकर्षा हो भने यौटा केटाले यौटी केटीलाइ गर्ने माया चुम्बकको आकर्षा हो । पृथ्वीलाइ जति सुकै टुक्रा पार पृथ्वीमा आकर्षा मात्र हुन्छ तर चुम्बक टुक्रिएपछि दुइ ध्रुव बन्दछ जसमा आकर्षा पनि हुन्छ र विकर्षा पनि ।र्
नर्मल्ली प्रेम मात्र प्रेम हो अरु केहि होइन र प्रेम शरीरसँग नभै आत्मासँग गरिन्छ भन्ने ठान्दछौँ हामी….. तर मलाइ यहाँ आर्श्चर्य लाग्छ जुन प्रकारको प्रेम केटा र केटीको विचमा हुन्छ त्यो प्रेम यौटा केटाले अर्को केटालाइ वा यौटा केटीले अर्कि केटीलाइ किन गर्न सक्दिने – प्रेम यदि आत्माको मिलन हो भने मरेपछि आत्मा आत्मामा किन प्रेम गरिन्न – यो मैले पत्ता लगाउन नसकेको….. किन – हो तर मैले पत्ता लगाएको सत्य हो केटा केटी विचको प्रेम शारीरीक आकर्षा हो ।
मानिसको मस्तिष्क निकै जटिल हुन्छ । जनावरहरुमा पुरुष र स्त्री जातिको सम्बन्ध भन्नाले शारीरीक सन्तुष्टि मात्र मन्ने बुझिन्छ तर मानवमा शारीरिक सन्तुष्टिको साथमा मानसिक सन्तुष्टि पनि अपरिहार्य हुन्छ । विवाह वा प्रेम पश्चात् शारिरीक सन्तुष्टि त सजिलै प्राप्त गर्न सकिन्छ तर मानसिक सन्तुष्टि कसैलाइ प्राप्त हुन्छ र कसैलाइ प्राप्त हुँदैन यसैकारण जीवन एक श्राप बन्न पुग्दछ । हाम्रो नेपाली सोसाइटिमा महिलाहरु पर्ूण्ा रुपमा पुरुषमा डिपेन्ड हुने हुनाले उसले मानसिक सन्तुष्टि प्राप्त नगरे पनि पुरुषलाइ झेलेर जीवन विताउनुपर्ने वाध्यता छ तर पर्ूण्ा रुपमा इन्डिपेन्डेन्ट महिलाहरु विशेषतः पश्चिमी सोसाइटीका…………. मानसिक सन्तुष्टि प्राप्त नहुनासाथ डिभोर्स गर्छन् र तिमीलाइ थाहा नहोला पश्चिमी सोसाइटीमा सरदर १०० प्रतिशतले लभ म्यारिज गर्दछन् भने सरदर ९० प्रतिशतले विवाहको ५-६ वर्षनपुग्दै डिभोर्स गर्छन् । नेपालको पर्रि्रेक्षमा भने सरदर ९२ प्रतिशतले एरेञ्ज म्यारिज गर्दछन् जसमा ३-४ प्रतिशतले मात्र डिभोर्सको केश आउँछ र बाँकि ८ प्रतिशतले लभ म्यारिज गर्छन् र जसमा ४० प्रतिशतले डिभोर्स गर्छन् । हुन त लभ पनि एरेञ्ज म्यारिज बन्न सक्छ तर मैले माथिको आँकडा निकाल्दा लभएरेञ्जलाइ पनि लभ म्यारिजकै क्यटागोरीमा राखेको छु किनकि लभएरेञ्जको शुरुवात पनि लभ म्यारीज को झैँ नै हुन्छ ।
माथिको तथ्यले मलाइ धेरै सोँच्न बाध्य बनायो । मेरो विचारमा विवाहपर्ुवको लभमा केटाले केटीको वा केटीले केटाको राम्रो पक्ष मात्र थाहा पाँउछन् । दिनमा २-३ घण्टाको भेट हुँदाको समयमा उनीहरु यथार्थको शरण पर्नु भन्दा माया प्रीति र कोरा भविष्यको प्लान गरेर विताइदिन्छन् । उनीहरु दियोको वरिपरिको अँध्यारो देखि अपरिचित रहन्छन र दियो देखि टाढाको उज्यालोमा रमाउँछन् । त्यस समयमा लाग्छ यो मैले चाहेको मिस्टर वा मिस परफेक्ट हो र उसको छाप आफ्नो मस्तिष्कमा परफेक्ट सुपरम्यानको रुपमा प्रतिस्थापित गरिन्छ तर विवाहपश्चात् विस्तारै त्यो परफेक्ट पर्सनको कमी कमजोरीहरु थाहा पाइन्छ । चिया नास्ता गर्दा १० रुपैया तिर्न कुनै प्रब्लम नहुने हामीले पैसाको अभाव थाहा पाउँछौँ । दिनहुँ प्रेमका कुरा गर्ने हामी कहिलेकाँहि एक आपसमा झगडिन पुग्छौँ र विस्तारै सुपरम्यान साधारणम्यान बन्न पुग्छ र आफ्नो सुपरम्यान पाउने सपना भत्किएपछि हामी विक्षिप्त बन्छौँ । यसको विपरीत एरेञ्ज म्यारिज साधारणतया अञ्जान व्यक्तिसँग गरिन्छ जसको हामीलाइ असल पक्ष पनि थाहा हुँदैन र खराब पक्ष पनि……. । उ साधारण मान्छे हुन्छ हाम्रो लागि र उसलाइ साधारण मानेरै उसँग सम्बन्ध गाँसिन्छ र उसको साधारणपन मै आफुलाइ विस्तारै समायोजित गरिन्छ त्यसैले होला एरेञ्ज म्यारिज तुलनात्मक रुपमा सक्सेस छ यद्यपी यसमा थुप्रै कमी कमजोरीहरु पनि छन् । मानिस उचाइबाट एकै पटक तल खस्यो भने टुक्रा टुक्रा हुन्छ तर तलबाट विस्तारै उचाइमा गयो भने खुशी प्राप्त गर्दछ । म्याक्सिमम् लभ म्यारिजमा उचाइबाट तल खसिन्छ भने एरेञ्जमा विस्तारै उचाइ प्राप्त गरिन्छ ।
वैज्ञानिकलाइ फुल के हो – भनेर सोध्याँै भने उसको जवाफ हुन्छ हिलीयम, पोटासीयम, अक्सीजन………को मिश्रण । वैज्ञानिकले फुललाइ च्रि्रा च्रि्रा पारेर हर्ेदछ र उसले पत्ता लगाउँछ फुल पदार्थहरुको सम्मीश्रण मात्र हो तर साहित्यकार फुलदेखि अञ्जान हुन्छ त्यसैले उसले फुलमा सुन्दरता मात्र देख्दछ । मेरो विचारमा लभ म्यारिज वैज्ञानिकको एक्सपेरीमेन्ट हो……….फुलको सबै पक्षको जानकार तर नीरस तथ्यहरुको मात्र…….. । एरेञ्ज म्यारिज साहित्यकारको साहित्य हो फुलदेखि अञ्जान तर अत्यन्त सुमधुर…………. ।
म चाहन्छु तिमीले उसलाइ मन पराएपनि मन नपराएपनि उसको असल पक्षलाइ पनि नर्मल रुपमा ग्रहण गर्नु र खराब पक्षलाइ पनि नर्मल रुपमा ग्रहण गर्नु । आकर्षा -प्रेम) व्यक्त हुँदैन आइ लभ यु भन्दैमा प्रेम हुँदैन । प्रेम आइ लभ यु नभनेरै पनि गर्न सकिन्छ । तिमी उसँग भेट कुरा गर एकदम साधारण रुपमा लिउ त्रि्रो र उसको सम्बन्धलाइ र एकान्तमा आँखा चिम्लेर सोँच के त्यो साधारण मान्छेसँग जीवन विताउन सक्छ्यौ – पहिलो जवाफ त्रि्रो मनबाट जे निस्कन्छ त्यहि गर । याद राख यदि उसले बारम्बार तिमी विना बाँच्न नसक्ने कुरा गर्छ, आफ्नो प्रेम बारम्बार प्रमाणित गर्ने चेष्टा गर्दछ भने उ तिमी प्रति क्षणिक रुपमा आकर्शित छ तर यदि उसले तिमीसँग अरु त्रि्रा साथिले झैँ कुरा गर्दछ भने उ शायद त्रि्रो भविष्य बन्न सक्दछ किनकि यदि उ तिमी प्रति मरिहत्ते गर्छ भने उ सुपरम्यान हो र यदि साधारण कुरा गर्छ भने उ साधारण व्यक्ति हो ।
तिमीलाइ दुइवटा कथा सुनाउन चाहन्छु ।
कहानी नं. १
एकादेशमा एउटी राधा नाम गरेकी केटी थिई र हरी नाम गरेको केटा थियो । उनीहरुको भेट पोखराको फेवातालको किनारामा हुन्छ, नजर जुध्छ र एकछिनसम्म जुधि नै रहन्छ अनि एकछिन नजर जुधेपछि राधा लजाउँछे र एक्सक्युज मी भन्दै साइड लाग्छे र दुबै आ-आफ्नो बाटो लाग्छन् । १०-१२ दिन पश्चात् एक दिन अचानक उनीहरुको भेट के आइ सिँह पुलमा हुन्छ, दुवै जना विच परिचय हुन्छ, फोन नंबर आदान प्रदान हुन्छ, दुबैले फोनमा लामो कुरा गर्छन्, पार्कमा भेटघाट हुन थाल्छ ६ महिनामा उनीहरु विच गहीरो प्रेम बस्छ र त्यो प्रेम लगातार ४ वर्षचल्छ एकदिन दुवैले आफनो परिवारसँग विवाहकोे लागि अनुमति माग्छन् तर अनुमति पाउन्नन् । त्यसकारण उनीहरु विन्ध्यवासीनी मन्दिरमा गएर देवी साक्षि राखी सँगैमर्ने सँगैबाँच्ने कसम खान्छन् र केटाले केटीको सिउँदो रगत भन्दा रातो सिन्दुरले रँग्याउँछ ।
कहानी नं. २
एकादेशमा एउटी राधा नाम गरेकी केटी थिई र हरी नाम गरेको केटा थियो । उनीहरुको भेट विवाहको रातो टिका लगाउने बेलामा भेट हुन्छ । उनीहरुको नजर जुध्छ र एकछिनसम्म जुधि नै रहन्छ अनि एकछिन नजर जुधेपछि राधा लजाउँछे साधारण कुराकानी पश्चात् उनीहरु वीच फोन नंबर आदान प्रदान हुन्छ, दुबैले फोनमा लामो कुरा गर्छन्, ५ दिन मै उनीहरु विच गहीरो प्रेम बस्छ र त्यो प्रेम लगातार १ महिनासम्म चल्छ अनि १ महिना पछि बाहुन वाजेले जुराएको साइतमा मागी विवाह गर्छन् । विवाह मण्डपको अग्नी साक्षि राखी सँगैमर्ने सँगैबाँच्ने कसम खान्छन् र केटाले केटीको सिउँदो रगत भन्दा रातो सिन्दुरले रँग्याउँछ ।
साराँस दुइटै कथाकोः
१) राधा र हरीको नजर जुध्छ ।
२) राधा र हरीको माया बस्छ ।
३) राधा र हरीले सँगैमर्ने सँगै वाँच्ने कसम खान्छन् ।
४) हरीले राधाको सिँउदो रगत भन्दा रातो सिन्दुरले रँग्याउँछ ।
साथी, दुइटै कथाको साराँश सेम छ, यो तिमीमा डिपेन्ड हुने कुरा हो तिमी कुन कथाको राधा बन्न चाहन्छ्यौ । तिमी जुन राधा भए पनि मेरो आशिर्वाद त्रि्रो साथमा रहने छ ।


1 comments:

Anonymous said...

not bad................

Post a Comment

सर्वाधिक हेरीएको

साथीहरु