एक्सक्लुटिभ:

बिचार

| Thursday, November 24, 2011 |

कैले कैले मेरो मनमा विचार आँउछ
तिम्रो त्यो कपालमा जुम्रा छ, चाँया छ,
त्यसलाई कुहिएको प्रोटिन भन्न मिल्छ
तर प्रिये साहित्यमा रेश्मी भनिन्छ
कैले कैले मेरो मनमा विचार आँउछ
तिम्रो त्यो आँखामा कचेरा छ, नुन पानी छ,
त्यसलाई गाँउघरको कुवाँ भन्न मिल्छ,
तर प्रिये साहित्यमा गाजलु भनिन्छ

कैले कैले मेरो मनमा विचार आँउछ
तिम्रो त्यो दाँतमा विहानको तरकारी छ,
गन्हाउँदा त्यो दाँतलाई नेपाल भन्न मिल्छ,
तर प्रिये साहित्यमा मोति भनिन्छ
कैले कैले मेरो मनमा विचार आँउछ
लिपिस्टिके ओठमा तिम्रो थुक टाँसिएछ,
दुर्गन्धलाई ढाकिराख्ने कन्टेनर भन्न मिल्छ,
पिपलपाते किन किन ? त्यसलाई भनिन्छ
कैले कैले मेरो मनमा विचार आँउछ
तिम्रो त्यो छातीमा पिलो झैँ घाउ छ,
तिन्लाई प्रिये धमिराको ढिस्को भन्न मिल्छ,
तर प्रिये साहित्यमा हिमाल भनिन्छ
कैले कैले मेरो मनमा विचार आँउछ
रगतमा मुछिएको हड्डी मासु छालालाई
यौटा संवेदाशिल सिनो भन्न मिल्छ,
तर प्रिये साहित्मा खैके भनिन्छ ।


0 comments:

Post a Comment

सर्वाधिक हेरीएको

साथीहरु