एक्सक्लुटिभ:

म निबन्ध भित्र

| Tuesday, July 5, 2011 |

मसँग भएका मेरा सम्पुर्ण बौद्धिकताहरु खर्च गरेर एउटा निबन्ध रचना गर्न मन लागिरहेछ मलाइ, म चाहन्छु मेरो निबन्ध त्यस्तो होस् जुन अहिलेसम्म रचित निबन्ध भन्दा फरक धारमा बगोस्, म चाहन्छु मेरो निबन्ध यौटा युगबाट अर्को युगमा प्रवेश गराउने साधन बनोस्, म चाहन्छु मेरो निबन्धमा प्रकृतिको सुगन्ध होस्, म चाहन्छु मेरो निबन्धमा समयको रौद्रता होस्, म चाहन्छु मेरो निबन्ध सुर्यको सप्तरँग होस्, म चाहन्छु मेरो निबन्धले अन्टार्कटिकाको हिउँ पगालोस, म चाहन्छु मेरो निबन्धले हतोत्साहित देशलाइ उत्साह गर्न सिकाओस्, म चाहन्छु मेरो निबन्धले भत्केका सिमानाहरुको सहि सिमाङ्कन गर्न सकोस्, म चाहन्छु मेरो निबन्धले बगिरहेको पानीले जीर्ण खेतमा रक्तसञ्चार गराओस्, म चाहन्छु मेरो निबन्ध बुढा बाजेको लौरो बनोस्, म चाहन्छु मेरो निबन्धले त्यो सबथोक परिवर्तित गरोस् जुन परिवर्तन हुन अत्यन्त जरुरी छ ।


बुर्का

| |

फ्रान्समा भर्खरै यौटा नियम बनाइयो तर त्यो सोँचेअनुरुप सफल हुन सकेन, हुनसक्छ फ्रान्सले त्यो नियम आफ्नो क्रीष्टियानीटि मुस्लीज्म माथि लाद्न चाहेको हो या हुनसक्छ आफ्ना देशका आधा नारीलाई स्वतन्त्रताको श्वाँस लिन अनुरोध गरेको हो, या यो पनि हुनसक्छ उसले आफ्नो देशको सुरक्षाको लागि प्रत्येक मानिसलाइ उसको अनुहारबाट उसलाई चिन्न चाहेको हो तर जे सुकै भएपनि फ्रान्समा जुन बस्तु हटाउन खोजीएको थियो त्यो हट्न सकेन त्यो टाँसीएर बसेको बस्तु हो “बुर्का” ।


सर्वाधिक हेरीएको

साथीहरु