एक्सक्लुटिभ:

नीतिनिर्माता

| Saturday, September 24, 2011 |

दिनेश आज बिहान चार बजे उठ्यो । हु न त सँधैजसो दुइ बजे उठ्ने उ, आज अबेला उठेको हो । कहिल्यै नबोल्ने र घर बाहिर धेरै ननिस्कने दिनेश केहि दिन देखि निकै बेरसम्म बाहिरको बाहिरै रहन्थ्यो आजकाल । उ एक्लो थियो उसको कोठामा, त्यसकारण ले नै होला उसको फर्कने कुनै निश्चित समय पनि थिएन कहिले ८ बजे नै आइपुग्थ्यो भने कहिले १२ बजेसम्म पनि उसको अत्तोपत्तो हुन्थेन । उ चाँडै फर्केको बेलामा बि.बि.सी. नेपाली सेवा सुन्न छुटाउँथेन तर सुन्न सुरुवात गरेको ५ मिनेट नबित्दै रेडियो बन्द गरेर विस्तरामाथि हुर्याइदिन्थ्यो र दाह्रा किटेर दबीएको गर्जन गर्दथ्यो...... सहमति जुटाउने प्रयास, संविधान समयमा नबने देशको शुन्य समय, सेना समायोजन र शान्ती प्रकृया बस् यत्तिमात्र हो तिमीहरुले गर्नसक्ने.............. ।

दिनेशको शिक्षा के हो ? उसको घर कहाँ हो ? कसैलाइ केहि थाहा थिएन तर कोठामा कम्प्युटर र इलेक्ट्रोनिक डिभाइसहरु प्रसस्त थियो, उसको कोठा देख्ने जो कोहिलाइ पनि लाग्न सक्थ्यो उ इन्जीनियर नै हो तर कसैलाइ कसैको बारेमा चासो लिने फुर्सतै कहाँ छ र ? काठमाण्डौमा । कहिलेकाँहि उ दिउसै पनि घरमैँ सुतेर दिन विताउँथ्यो र घरमै रहेको दिन लगभग ५ बजेतिर घरको छतमा चढ्थ्यो र विरेन्द्र अन्तराष्ट्रिय सम्मेलन केन्द्रलाइ निकैबेर एकतमासको भएर हेर्दथ्यो र भुतभुताउँथ्यो मेरो सपनाको खरानीमा ठडिएको भवन ।
उसका आँखा राता र थाकेका देखिन्थे तर उसको उनुहारमा थकानको कुनै लेशमात्र पनि थिएन । उ विहान उठ्दा पनि अभुतपूर्व चमक र जिज्ञासायुक्त अनुहारको साथमा उठ्छ भने साँझ विस्तरामा जाँदा पनि ।
नेपालमा राजनैतिक असमञ्जसता चरमसीमामा पुगिसकेको थियो कारण भाद्र १४ आउन ४ दिनमात्र बाँकि थियो । यसै विचमा दिनेश आदमखोर मानव झैँ रातभरी जाग्न थालिसकेको थियो । गेट विस्तारै खोलेर बानेश्वर चोकसम्म जान्थ्यो भने फर्कंदा चुरोटको धुँवा उडाउँदै फर्कन्थ्यो । उ आक्कल झुक्कल दिनमा दश पन्ध्र मिनेट र रातमा एक दुइ घण्टामात्र रुममा रहन्थ्यो नत्र बाहिरको बाहिरै ।
आज भाद्र १४ गते संविधान घोषणा हुने दिन तर न सहमति जुटेको थियो, न सेना समायोजन केहि पनि भएको थिएन जुन तीन वर्ष पहिलाको अवश्था थियो त्यस्तै नै छ आज पनि । सम्पुर्ण नेपाली जनताहरु संविधानसभाको समय थप भयो या भएन या नेपाली जनतालाइ सरप्राइज दिन संविधानै पो घोषणा हुने हो कि ? सुन्नलाइ लालाइत हुँदै आफ्ना कानहरु रेडीयोमा र आफ्ना आँखाहरु टिभीमा टाँसेर बसेका छन् । कान्तिपुर, एनटीभी, नेपाल वन, सगरमाथा न्युजमा लाइभ टेलीकास्ट भैरहेको थियो संविधानसभा भवन भित्रको दृश्य । १४ गते रातको ११ बजेर ५९ मिनेटमा निर्णायक घोषणा हुन थाल्यो माननीय सभामुख ज्यूको......। सर्वदलीय सहमति अनुसार संविधान निर्माणको लागि ६ महिना म्याद थ%%%%ऽऽ
अचानक नेपालका सपुर्ण टेलीभिजन च्यानलहरुमा दिनेशको अनुहार देखिन थाल्यो र रेडियोमा उसको आवाज.................. ।
संविधान सभा भित्र मेरो यो टेलीकाष्ट ४ वटा माइक्रो रेडिएसन अटो फ्लाइङ् प्रोजेक्टर र ७० एम.एम.को १५०० वाटको ७ वटा फ्लाइङ् स्पीकरबाट प्रशारण हुँदैछ । र साथै मेरो यो आवाज नेपालका सम्पुर्ण टेलीभिजन च्यानल र रेडियो वाट प्रसारित हुँदैछ । हजुरहरु युट्युब डट कम स्ल्यास एमएससंविधानएनपी मा गएर पनि मेरो लाइभ टेलीकाष्ट हेर्नसक्नुहुन्छ भने स्टार न्युज, विविसी, फक्स च्यनलमा पनि । नेपालबाट प्रकाशित सम्पुर्ण पत्रिकाका अनलाइन सँस्करणमा मैले बोलेका एक एक शब्दहरु नेपाली र अँग्रेजीमा अटो अपडेट भैरहन्छन् अबको दश दिनसम्म ।
म को हुँ ? यो मैले पनि विर्सीसकेँ भने हजुरहरुलाइ मेरो औचित्यहिन परिचय गराउन चाहन्न । सर्वप्रथम म संविधान सभा भवनभित्र बसिरहनुभएका सम्माननीय ६०१ जना व्यक्तिहरुलाइ अनुरोध गर्न चाहन्छु मेरो कुरा नसिद्धिन्जेलसम्म हजुरहरु आफ्नो कुर्सीमै बसिरहनुहोला । मैले विदेशका सम्पुर्ण न्युज च्यानलहरुलाइ ह्याक गर्नसक्छु भने हजुरहरुले सहज अन्दाज लगाउन सक्नुहुन्छ जसलाइ टार्गेट गरेर मैले यी सब गरेँ त्यो टार्गेट नै हजुरहरु हो भने हजुरहरुको लागि मैले के गरेको हुँला । यत्तिकैमा टिभीको आधा भागमा दिनेश र आधा भागमा संविधान सभा भित्रको दृश्य देखिन थाल्छ । सबै सम्माननीय नेताहरु कुर्सीमा जुका झै टाँसीएका थिए ।
अब म मैले संविधान सभा हलभित्र प्रयोग गरेका टेक्नोलोजीको परिचय दिन चाहन्छु । संविधान सभाको हल भित्र र बाहिर गरी टोटल १००८ वटा मिनी फ्लाइङ्ग डिभाइसको प्रयोग गरिएको छ । जसले सविधान सभा भित्र र बाहिरको सम्पुर्ण स्थानहरुमा हुने क्रियाकलाप अटो रिडिङ गर्छ । कुनै एक ठाउँमा रहेको धुुलो पनि हावाले उडायो भने यसले मेरो असिस्टेन्ट सेन्सर डिभाइसलाइ जानकारी गराउँछ भने र त्यो सेन्सर डिभाइसले महत्वपूर्ण भए मलाइ जानकारी गराउँछ भने महत्वहीन भए फ्लाइङ् डिभाइसलाइ । सम्पुर्ण संविधान सभाभरी रेडलाइट एरीया छुट्याइएको छ । जुन संविधान सभाभन्दा ३५० मिटर माथि रहेको लेजरलाइट डिभाइसले गोलाकारमा भवनको वरीपरी लाइट फ्याँकेर छुट्याएको छ । जुन एरीया भित्र मोबाइल रेडीयो फोन कुनै पनि डिभाइसले काम गर्दैनन् (सबै सभासद्हरुले मोबाइल गोजीबाट निकालेर हेर्छन र डराएको अनुहार बनाएर गोजीमै थन्क्याउँछन्) संविधान सभा भित्र अहिले रहेका व्यक्तिहरुको हर्ट बिट, डिएनए र एएनए स्क्यान भैसकेको छ अहिले यो समयमा भएका व्यक्तिहरु मध्ये कोहि पनि रेड लाइट एरीया बाहिर निस्कन पाउनुहुने छैन । यदि निस्कीहाले लेजर लाइटबाट एउटा गामा रे फ्याँकिने छ जसले हजुरको शरीलाइ निश्क्रिय बनाउँने छ साथै हजुरको डिएनए संरचनामा आमुल परिवर्तन गरिदिने छ र हजुरहरुको डब्लु.बी.सी.लाइ २५ पर्सेन्टभन्दा तल झारीदिने छ । हजुरहरुको कोषलाई १५ वर्ष पुरानो बनाइदिने छ र हजुरहरुको आयु वास्तविक भन्दा १० वर्ष कम हुनेछ र आज पश्चातको जीवनको एक सेकेण्डमा हजारपटक मर्नुहुने छ । सभाभवनको लागी प्रयोग गरिएका डिभाइसहरुमा आन्तरीक कारणले खराबी आएमा त्यो स्पेसीफीक डिभाइस निश्क्रीय हुने छ र बाह्य कारणले यसमध्ये कुनै एकलाइ वा मलाइ हानी भएमा रेडलाइट एरीया भित्र ५ ग्राम युरेनियमको विस्फोट हुने छ जसले संविधान सभा भवनलाइ २०० मिटर तल धसाइदिने छ । यस विष्फोट पश्चात ४ महिनाको लागि रेडलाइट एरीया भित्र पश्न सख्त निषेध रहने छ । मेरा सम्पूर्ण डिभाइसहरु आठलाख चौसट्ठि हजार सेकेण्डको यानि १० दिनको लागि सक्रिय रहनेछन् र त्यसपश्चात सम्पुर्ण डिभाइसहरु संविधान भवनमा अल्फा रेको अन्तिम वर्षात गरेर नष्ट हुनेछन् अनि संविधान भवनलाइ पनि नष्ट बनाउने छन् र यदि निर्धारीत समयभन्दा एक सेकेण्ड पहिलासम्ममा मैले यसलाइ डियाक्ट गरेँभने यी सबै डिभाइसहरु निश्क्रिय हुनेछन् र यौटा बच्चाको खेलौना बाहेक केहि बन्नेछैन् र यिनलाइ मैले डियाक्ट एक शर्तमा गर्ने छु र त्यो शर्त हो संविधान ।
सर्वप्रथम म माननीय सभामुखलाइ अनुरोध गर्दछु संविधान निर्माणको म्याद दश दिनकोलागी थपियोस् । संविधान सभा भित्र ठुलो सन्नाटा छाउँछ अनि एकछिनपछि हल्लीखल्ली पनि र लगभग एक डेढ सय सभासदहरु यो बकवास हो भन्दै सभाभवनबाट बाहिर निस्कन्छन् र रेडलाइट एरीयालाइ पार गर्न थाल्छन् यत्तिकैमा एकै पटक ७ जना सभासद्हरु जमिनमा मृततुल्य भएर पल्टन्छन् । उनीहरुको पछाडी रहेका सबै सभासदहरु एकदम मुर्ति हुन्छन् उनीहरुलाइ आँखामा विश्वास लाग्दैन र फेरी सभाभवन भित्रवाट आवाज आउँछ निश्क्रीय हुनुभएका ७ सभासद्हरुलाइ सभाहलको घेराबाट बाहिर लैजान सक्नुहुन्छ र बाँकि सबै सभासद्हरुलाइ म अनुरोध गर्दछु ३ मिनेट भित्र आफ्नो आसन ग्रहण गर्नुहोला । म पुनः सभामुख ज्यूलाइ अनुरोध गर्दछु कृपया संविधान निर्माणको म्याद दश दिनको लागि थप गरियोस् । सभामुख १५ मिनेटको सल्लाह पश्चात् दश दिनको म्याद थप गर्छन । फेरी आवाज आउँछ..... । अबका दश दिनसम्म हजुरहरुलाइ ६ घण्टा सुत्नको समय, २० मिनेट खान खानको समय, १ घण्टा नित्यकर्मको समय दिइने छ र यी सबै कुराहरु रेडलाइट भित्रै गर्नुपर्नेछ । अर्थात सबै सभासद्हरु कुर्सीमै सुत्नुपर्ने छ र रेडलाइट एरीया भित्र पोटेबल ट्वाइलेट र बाथरुमको व्यवस्था अबको १ घण्टा भित्र गरिसक्नुपर्ने छ । पोटेबल बाथरुमको व्यवस्था गर्दा कुनै पनि जीवीत प्राणि रेडलाइट एरीया भित्र ७ मिनेट भन्दा बढि बस्न पाउने छैन । नत्र के हुन्छ परिणाम दोहोर्याइ रहन उचित ठान्दीन र सभासद ज्युहरु मैले छुट्याएको टाइम लिमीटेसनको उलंघन भुलेर पनि नगर्नुहोला किनकी मानवीय संवेदना एक प्रतिशत भए पनि म मा होला तर मेशिनमा हुँदैन । नेताहरुको लागी नित्यकर्मका सामानको व्यवस्था पनि सिद्धन्छ र खाना चाँहि रेडलाइट एरीया बाहिर बसेर प्याकेट गरेका खाना भित्र फाल्नुपर्ने नियम पनि सुनाउँछ दिनेश । यी सबै भने पश्चात फेरी उ आज एक बजीसकेकाले सबैलाइ सुत्न निर्देशन दिन्छ, भोली बिहान छ बजे उठ्ने आदेशका साथ ।
पहिलो दिन ।
सभासदहरु नित्यकर्म सिध्याएर सभाभवन भित्रको कुर्सीमा बसीरहेका थिए । दिनेशको आवाजले उनीहरुलाइ झस्क्याउँछ । सम्माननीय सभामुख ज्यू एवं प्रधानमन्त्री ज्यु, म अनुरोध गर्दछु सबैभन्दा पहिला सबै पार्टिबाट उनीहरुको मागको लागि अह्वान गरियोस् र यो १० बजे खाना सिध्याएपछि बस्ने बैठकमा पेश गरिसक्नुपर्ने छ । त्यतिन्जेलको लागि आपसमा बहस गर्नुहोस् ।
खाना पछिको मिटीङ्गमा सबै पार्टिका सभासदहरुले आआफ्ना मागहरु सहितको पाना सभामुखलाइ बुझाउँछन् । फेरी दिनेशको आवाज आउँछ । अब म माननीय सभासद र नेतृत्वमण्डललाइ अनुरोध गर्दछु । यी सबै मागमा बाझिएका मागहरुको र नबाझिएका मागहरुको एक मस्यौदा तयार गरियोस् । यदि दुइटा पाटीको माग एउटै प्रकारको छ भने त्यसलाइ एउटै मागको रुपमा परिभाषित गरियोस् यो समय हजुरहरुको लागि आठ बजे अर्थात साँझको खाना पछि सम्मको लागि हुनेछ ।
आठबजेको मिटीङ्गमा टोटल मागसँख्या ५०० भएको ठहर हुन्छ । दिनेश फेरी त्यसलाइ एक एक प्रति सम्पुर्ण सभासदलाइ पढ्नको लागि उपलब्ध गराउने आदेश दिन्छ र बाह्र बजेसम्म यो पढ्ने आफ्नो माग र अरुको मागमा भिन्नता छुट्याउने थपघट गर्नुपर्ने र नयाँ माग भए पुनः पेश गर्ने र बाह्र बजेपश्चात सुत्ने अनि भोली बिहानको मिटीङ्गमा फाइनल मस्यौदा सहित पेश हुने आदेश दिन्छ ।
दोश्रो दिन ।
दिनेशको आवजले रेडियोमा आम नेपालीको ध्यान खिँच्छ । अब म अनुरोध गर्दछु नयाँ बन्दै गरेको संविधान जुन खेस्रामा मात्र छ त्यसलाइ यहाँ उपलब्ध गराइयोस र त्यो खेस्राले यी सबै माग मध्ये कुन कुन माग ओगट्दैन ती मागलाइ एकातिर राखियोस । समय सीमा ५ घण्टा......। यस्तै कुनै १५० वटा बुँदाहरु नओगटेको रहेछ बन्दै गरेको खेस्रा संविधानले ।
उसको फेरी आदेश आउँछ, नेपालका अर्थशास्त्रमा पीएचडी गरेका, राम कुमार चौधरी, रणवीर शाह, योगरत्न उपाध्याय, कमल पाण्डेय, हर्कवीर घर्ती र सम्राट श्रेष्ठलाइ म यस भवनभित्र बोलाउन आग्रह गर्दछु र यसका साथै अर्थशास्त्री ज्युहरुलाइ आग्रह गर्दछु । हजुरहरुमा देशको एक लाख वर्षको भविष्य छ र ढाइ करोड नेपालीको भविष्य । क्षणीक प्रलोभनमा या व्यक्तिगत एवं जातिगत स्वार्थमा कुनै यस्तो काम नगर्दिनुहोला जसले हजुरहरुलाइ मरेपछि पनि पछुतो परोस् । एक पटक आफ्नो छोराको अनुहार हेर्नुहोला यहाँ आउन भन्दा पहिला र उसको लागि हजुरले पाएको यो सुवर्ण अवसर नगुमाउनु होला । म हजुरहरुलाइ कुनै दवाव दिन चाहन्न हजुरहरु संविधान भवन भित्र आउन नै पर्छ भनेर यदि हजुरहरु मध्ये कुनै एकमा पनि नैतीकता जीवीत छ भने जरुर आउनुहुने छ र हजुरहरु यदि आउन चाहनुहुन्छ भने भोली विहान ९ बजे भन्दा पहिला यस भवन भित्र छिर्नुहोला र राती बाह्र बजेमात्र निस्कनुहोला । भोली बिहान सभाभवन आउनभन्दा पहिसम्ममा हजुरहरुले यहाँ आएका बुँदाहरु र आएका बुँदामा कटौती गर्नुपर्ने बुुँदाहरु र थप्नुपर्ने बुँदाहरुको यौटा मस्यौदा तयार गर्नुहोला ।
यसपश्चात् दिनेशले सभासद्लाइ आदेश दिन्छ । अब हजुरहरु सर्वसम्मतिको सरकार घोषणा गर्नुहोस् यसका लागि मन्त्री देखि लिएर प्रधानमन्त्रि सम्मको चुनाव हुनुपर्ने छ र बहुमतको आधारमा मन्त्रीमा १५ र प्रधानमन्त्रीमा १ को चुनाव हुने छ र चुनाव अबको एक घण्टा पछि सुरु हुने छ र विजयीको घोषणा ११.४५ रातीमा हुनुपर्ने छ । अहिले देखि विजयी घोषित नहुन्जेल कोहि एक आपसमा एक अक्षर पनि कुरा गर्न पाउने छैन यो चुनावमा सबै सभासदको व्यक्तिगत निर्णय हुने छ र सबै पार्टिबाट एक उम्मेदवार आह्वान गर्नुपर्नेछ सबै पदको लागी ।
पौने बाह्र बजे निर्णय आउँछ र अनि दिनेशको सुत्ने आदेश पनि ।
तेश्रो दिन ।
सात बजे बिहानै सबै अर्थशास्त्रीहरु हातमा मोटा मोटा किताब र मस्तिष्कमा मोटा मोटा प्लान लिएर उपस्थित भैसकेका थिए भवनभित्र । सबैले मस्यौदाको गहन अध्ययन गर्छन छाँटकाँट गर्छन । विश्लेषण गर्छन र चाहिने बुँदाहरुमा हरीयो हाइलाइट गर्छन नचाहिने बुँदाहरुमा रातो र थप्नुपर्ने बुँदाहरु लेखेर त्यसलाइ पहेँलो कलरले हाइलाइट गरिदिन्छन् र राति १२ बजे यौटा मीठो सपनाको कल्पना गर्दै बाहिर निस्कन्छन् ।
चौथो र पाँचौ दिन ।
क्रमशः राजनीती शास्तका ज्ञाताहरु, धर्मशास्त्रका ज्ञाताहरु, समाजशास्त्रका ज्ञाताहरु, माकर््सवादका ज्ञाताहरुले वैदेशिक सम्बन्ध, धार्मीक समरसता, समाजका समस्याहरु र तिनको निराकरण, आरक्षण र समानताका जस्ता कुराहरुमा डिस्कस गर्छन र पाँचौ दिन बाह्रबजे सबै ज्ञाताहरुले खुशीको आँशु खसाल्दै संविधानको पाण्डुलीपी तयार गरिदिन्छन् ।
छैठौँ दिन
दिनेशले आम नेपाली जनताको नाममा संदेश प्रवाह गर्दछ । संविधानले पुर्ण आकार पाइसकेको छ म चाहन्छु सम्पुर्ण साक्षर व्यक्तिहरुले अनलाइन र पत्रीकामा यसको अध्ययन गरुन र कुन बुँदा अनुपयुक्त छ र कारण र कुन बुँदा अनुपयुक्त छ कारण सहित मिसनसंविधान एटदरेट जीमेल डटकममा इमेल गरुन् र सम्पुर्ण पहिला संविधान निर्माण गर्न आउनुभएका विज्ञहरुलाइ भोली र पर्सी यहाँ आएर जनताका कमेन्टसको रीड गरिदिनुहुन भनी हार्दिक अनुरोध गर्दछ ।
देशका सम्पुर्ण पत्रिका पसलमा र साइबर क्याफेमा लाखौँ मान्छेहरु को भिड थियो सबै उत्साहित र जिज्ञासु देखिन्थे । सबैको मुखमा यहि आवज थियो अब केहि हुन्छ यहाँ । नयाँ बन्ने संविधानको गहन अध्ययन पश्चात जनताले दिएका ५००० कमेन्टस हरु महत्वका थिए भने अन्य शुभकामना र धन्यवादका शब्दहरु ।
सातौँ, आठौँ दिन
दुई दिनसम्म इमेलमा प्रप्त सबै कमेन्सको गहन डिस्कस गरिन्छ र अपुग कुराहरुको थपघट पनि त्यसपश्चात नेपालको संविधान पूर्णरुपले तयार भएको विशेषज्ञहरुले जानकारी दिन्छन् ।
नवौँ दिन ।
सात बजे बिहान दिनेश आम नेपालीलाइ आह्वान गर्छ “म चाहन्छु यो संविधानले नेपाली जनताको सम्मतिमा बनेको हो भनेर बैधानिकता प्राप्त गरोस त्यसैले भोली सम्पूर्ण नेपाली जनता जो साक्षर हुनुहुन्छ या यो र जसले यस नयाँ संविधानको अध्ययन गर्नुभएको छ, सुन्नुभएको छ वहाँले यस संविधानको पक्ष वा विपक्षमा भोट दिनुहोला । कृपया म पुनः दोहोर्याउन चाहन्छु । हजुरहरु कुनै प्रलोपन, व्यक्तिगत स्वार्थ, नातावाद कृपावाद वाट ग्रसित भएर यसको पक्ष वा विपक्षमा भोट दिनुभयो भने हजुरको नातीले हजुरको भित्तामा टाँगिएको फोटो जलाउनेछन् । उनीहरुको भविष्य तपाइँहरुको एक भोटले निर्धारण गर्छ । कृपया अहिलेसम्म सुतेर कसैलाइ समर्थन गर्नुभयो या विरोध अब जागेर त्यहि कुरा गर्नुहोला भोली बिहान सातबजे देखि देशव्यापी भोटिङ्ग हुनेछ र दिनको ४ बजेसम्म चल्नेछ । त्यसपछि दश बजे रातिसम्म गणना अनि यदि यस नयाँ संविधानको पक्षमा ९९ प्रतिशत भन्दा बढी भोट परे यो संविधान सदर हुनेछ अन्यथा बदर अनि सभासद स्वतन्त्र । माननीय निर्वाचन अधिकृत ज्युलाइ निर्वाचनको व्यवस्था जसरी हुन्छ जहाँबाट हुन्छ गर्नुहुन अनुरोध गर्दछु । नबिर्सनुहोला हजुरले २४ घण्टा मा देखाउने सत्रियताले देशको नीतिनिर्माण गर्नेछ ।”
दशौँ दिन ।
बिहान तीन बजे देखि जनताको भीँडलागेको हुन्छ प्रत्येक स्कुलको प्राङ्गणमा भोटिङ्गको लागि । सबै उत्साहित थिए र प्रतिक्षारत थिए ७ बजेको । सात बज्छ भोटिङ्ग शुरु हुन्छ । दिउसो ४ बजेसम्म सबै निर्वाचन केन्द्रहरु मान्छेको भीडबाट एकान्तमा प्रवेश गर्दछ । तिनको गणना कार्य सम्पन्न हुन्छ जम्मा एक करोड सैतिस लाख पाँच हजार पैँतिस जनाको भोट परेको हुन्छ जसमा दुइ लाख बदर भएको हुन्छ ।
१० बजे प्राप्त मतगणनाको परिणाम घोषणा हुने बेलामा सबै नेपाली जनताहरु श्वाँस रोकेर बसिरहेका थिए । यस्तो लाग्थ्यो सबै जनताहरु नितान्त एक्ला छन् । टीभीको स्क्रीनमा सबैको आँखा टाँसिएको थियो । राती ११ समयमा सम्माननीय निर्वाचन अधिकृतवाट मतको परिणाम घोषणा हुन्छ । जसमा ९९.९९ प्रतिशत भोट नयाँ संविधानको पक्षमा परेको हुन्छ । फेरी दिनेशले सबै सभासदहरुलाइ नयाँ संविधानमा सहमत भएको पेपर साइन गर्ने निर्देशन दिन्छ । अनि उसले आफ्नो राय प्रस्तुत गर्छ “नेपाली दाजुभाइ तथा दीदीबहिनीहरु आज यो नयाँ संविधान घोषणा भएको छ यसको परिणाम तत्काल नदेखिएला तर कुनै दिन यसको नकारात्मक परिणाम देखिएमा त्यो दिन यो संविधान पनि परिवर्तन गर्न हजुरहरुले आफ्नो तर्फबाट सक्दो सहयोग गर्नुहोला यदि यसको सकारात्मक परिणाम आएमा यसको रक्षा गर्न सक्दो सहयोग गर्नुहोला, एक हजार रुपैयाँ र एक बोतल मदिराको लागि यो संविधानको विरोध या समर्थन नगर्नुहोला, कुनै नेतृत्वले यसको समर्थन या विरोध गर्दैमा हजुरहरु पनि यसको समर्थनमा या विरोधमा नउत्रनुहोला यदि हजुरको स्वविवेकले यस संविधान र यसलाइ निर्माण गर्दाको प्रक्रियामा कुनै दोष देख्नुहुन्छ भने आत्माको पुकार सुन्नुहोला नकि नेतृत्वको । अब सम्पुर्ण सभासदहरु यस संविधान भवनबाट बाहिर जान स्वतन्त्र हुनुहुन्छ र जो ७ जना सभासदहरु अस्पतालमा हुनुहुन्छ वहाँहरुलाइ अबको २० दिन पश्चात् होस आउने छ र वहाँहरु नर्मल लाइफ बाँच्न सक्नुहुने छ ।” यति भनेर उ टीभीको स्क्रीनबाट गायब हुन्छ । टीभीमा संविधान भवनको दृश्य पनि ओझल हुन्छ सबकुछ दश दिन पहिला जस्तै देखिन्छ । फरक यत्ति मात्र थियो पहिला नेपाली भयभीत थिए र आज अचम्भित ।
दशवर्ष पश्चात् ।
नेपालले टुरीजम क्षेत्रमा ठुलो फड्को मारेको हुन्छ । पुर्व पश्चिम दुइवटा र उत्तर दक्षिण ८ वटा रेल लाइन विस्तारित भैसकेको थियो । नेपाल बन्द एकादेशको कहानीमा सीमीत थियो । आर्थिक उन्नतीमा नेपालले अरुलाइ मात दिन थालीसकेको थियो । बेरोजगार व्यक्ति दिउसो टर्च बालेर खोज्दा पनि भेटिदैनथे । चुनावमा राम्रो पार्टि होइनकि राम्रो व्यक्ति मात्र जीत्दथ्यो । हरेक कक्षाका पाठ्यक्रममा दिनेशको विवादास्पद जीवनी पढाइन्थ्यो । बुढापाकाले उसलाइ गौतम बुद्धको अवतार मान्थे भने युवकहरु इन्टेल माइक्रो प्रोसेसरको आविस्कारक । उ कहाँ छ ? को हो ? कसरी अचानक गायब भयो ? सबथोक व्ल्याक होल झैँ रहस्य छ तर उसले दिएको सनलाइटले नेपाल दिन प्रतिदिन नयाँ चमकले चम्कीरहेछ ।


0 comments:

Post a Comment

सर्वाधिक हेरीएको

साथीहरु