एक्सक्लुटिभ:

नीतिनिर्माता

| Saturday, September 24, 2011 |

दिनेश आज बिहान चार बजे उठ्यो । हु न त सँधैजसो दुइ बजे उठ्ने उ, आज अबेला उठेको हो । कहिल्यै नबोल्ने र घर बाहिर धेरै ननिस्कने दिनेश केहि दिन देखि निकै बेरसम्म बाहिरको बाहिरै रहन्थ्यो आजकाल । उ एक्लो थियो उसको कोठामा, त्यसकारण ले नै होला उसको फर्कने कुनै निश्चित समय पनि थिएन कहिले ८ बजे नै आइपुग्थ्यो भने कहिले १२ बजेसम्म पनि उसको अत्तोपत्तो हुन्थेन । उ चाँडै फर्केको बेलामा बि.बि.सी. नेपाली सेवा सुन्न छुटाउँथेन तर सुन्न सुरुवात गरेको ५ मिनेट नबित्दै रेडियो बन्द गरेर विस्तरामाथि हुर्याइदिन्थ्यो र दाह्रा किटेर दबीएको गर्जन गर्दथ्यो...... सहमति जुटाउने प्रयास, संविधान समयमा नबने देशको शुन्य समय, सेना समायोजन र शान्ती प्रकृया बस् यत्तिमात्र हो तिमीहरुले गर्नसक्ने.............. ।


नेपालका तन्त्रहरु र नेपालीका आशाहरु

| |

गणतन्त्रको आश देखाएर मलाई झनै गाडिदै छ । मेरो छातिमा खुट्टा राखेर उच्च ओहोदामा पुगेकाहरुले मलाई सँधै सिंढिको रुपमा प्रयोग गरेका छन् । जति जनाको छाति उनीहरुले पाउन सके त्यतिनै उनीहरुले आफूलाई चन्द्रमाको समीपमा लान सक्षम भएका छन् र हामी आज भन्दा भोली र भोली भन्दा पर्सि झनै गाडिंदै गइरहेका छौं । त्यसैले आज लाग्छ डेमोक्रेसीको नाममा नेता (ले दे मोह कुर्सी) भन्दै जनतासँग मात्र कुर्सी मागिरहेका छन् र गणतन्त्रको प्रलोभन देखाएर नेपालीमाथि गाडतन्त्र अपनाइरहेका छन् ।


के म नेपाली हुँ ?

| |

के म नेपाली हुँ मैले यदि सत्यको पक्ष लिएँ भने म नेपालको विभीषण कहलाउँछु नेपाल आमाको कुपुत्र कहलाउँछु । मैले यदि ढाँटीन भने म देशको कलँक बन्नेछु म आफ्ना देशका शहीदहरुको नजरमा नीच सावित हुनेछु । मैले यदि देखेको भनेँ भने म सम्पुर्ण नेपाली समाजबाट तिरस्कृत हुनेछु आफ्ना मान्यजनबाट श्रापित हुनेछु । मैले आदर्श भन्दा यथार्थलाइ अँगालेँ भने म आफ्नो नेपाली हुनुको पहिचान गुमाउनेछु सगरमाथाबाट आफ्नो अधिकार मेटाउने छु । मैले जस्तो वर्तमान समय छ त्यहि सोँचे भने म पशुपतिनाथको कृपादृष्टीबाट बिाचत हुनेछु नेपालको नुन सोझो नगरेको सावित हुनेछु । मैले यदि साँचो बोले भने शायद नेपालका झरनाले मेरा प्यास मेटाउनेछैनन् किनकि मैले यदि साँचो बोलेँ भने भारतको सपोर्टर हुन्छु भारतीय विस्तारवादको एउटा दुत हुन्छु तर म भन्न चाहन्छु खोक्रो आदर्शमा मैले मलाइ खाँटी नेपाली भन्न भन्दा आफुलाइ जन्मेको नेपाल आमाबाट र भारत माताको कोखमा हुर्केको व्यक्ति भन्न रुचाउँछु । मैले आफुलाइ नेपाली ४० प्रतिशत र भारतीय ६० प्रतिशत भनाउनुमा मलाइ खेद छ तर म विवश छु बाध्य छु यी शब्दहरु दिमागमा ल्याउनासाथ म तराजु झैँ हुन्छु आफुलाइ एउटा गहिरो अनिर्णयमा पाउँछु र फाइनली यो निष्कर्शमा पुग्छु म मा म शत प्रतिशत नेपाली भनाउन लाएकको के छ र


सर्वाधिक हेरीएको

साथीहरु