एक्सक्लुटिभ:

तारीफ मेरी मायालुको

| Thursday, November 24, 2011 |

प्रीये तिम्रो न्यानो यादले,
सिरकको काम नगर्दो रहेछ
प्रीये तिम्रो मीठो मायाले,
भोको पेट नभर्दो रहेछ

तिम्रो मदहोश नयन पनि,
सोमरस झैँ भरपूर छैन
चन्द्रमुखी त्यो मुहारमा,
पूर्णीमाको नूर छैन
तिम्रो फूल झैँ जोभान प्रिये,
कैले सजिन्न बगैचामा
तिम्रो कोमल शरिर भन्दा,
फ्ल्याक्सीबिलिटि छ गलैँचामा
तिमी स्वर्गकी परि भएनि,
बिश्व सुन्दरी अरु हुन्छन्
तिमीमा सुःखको भण्डार भएनी,
भोका नाङ्गा कीन रुन्छन् ?
खानी तिमी हौ मायाकी
फ्लोरेन्स टेरेसा हैनौ तर
तिमी विश्वासकी पात्र प्रीये
कैले मर्छ्यौ छैन भर
तिमी पाए सँसार जित्छु,
बम तिमी हैनौ एटम
लोकतान्त्रिक यो सँसारमा,
साम्राज्यता कहाँ भेटम
गँगा नदी जमुनामा,
स्वच्छ पानी बहेसम्म
तिमीलाई नै चाहन्छु म,
सूर्य चन्द्र रहेसम्म
अब समय आइसक्यो,
छुट्टीऔँ है सानी
जमुना र गँगाजीको,
धमिलीयो पानी
सूर्य चन्द्र नेपालको,
हट्नै लाग्यो अब
अब पनि अलग नभए,
अलग हुने कब ।


0 comments:

Post a Comment

सर्वाधिक हेरीएको

साथीहरु