एक्सक्लुटिभ:

दोषि को ?

| Tuesday, May 31, 2011 |

जीवनको अन्तीम चरणमा उभिएका समाजका बयोवृद्धहरु जीवनको अनेकन भोगाइहरु भोगेर पनि निरीह, शक्तिहीन र लाचार भइ सजीवको सहारा नपाएपछि नीर्जीव लौरोको सहारामा जब उभिन्छन तब सम्पूर्ण यूवा समाज पात्र हुन्छ धिक्कारको ! जब यूवावर्ग आफ्ना कर्तव्य र सँस्कृति विर्सेर आफ्ना काँधमा आएका जिम्मेवारी पनि धान्न नसकी खुट्टा लडखडाएर जमीनमा पछारिन पुग्छन्, तब सम्पूर्ण वृद्ध समाज पात्र हुन्छ धिक्कारको ! समाज बिग्य्रो, पारिस्थितीक प्रणाली भत्क्यो दोषि न वृद्ध न यूवा, किनकि दुबै चाहन्नन लिन दोष । दोषारोपण वृद्धद्वारा यूवामा, यूवाद्वारा वृद्धमा । कोहि अछुतो छैन, कुसँस्कारको रँग समान रुपले वृद्धमा, यूवामा । संस्कार जोगाउने वृद्धले हस्तान्तरण गर्नुपर्ने यूवामा, वृद्ध कोचाउन चाहन्छ, यूवा कोचित हुन चाहन्न । दोषि को ? कुम्हाले वा काँचो भाँडो !


नारी

| |

नारी सृष्टिको मूहान हो, एउटि सृष्टि गरेर विश्राम लिएकि महिला मञ्चमा उभिएर भाँषण छाँट्दै थिईन् । परबाट सुनिरहेको मलाई पनि त्यहाँ गालीको रँग पोतिदै थियो । त्यो कालो रँग पोतिएपश्चात् म आफूलाई सम्हाल्न सकिन त्यहि मञ्चमा गएर म पनि चिच्याउँ भने उनी र म मा फरक नै के रह्यो र ? त्यसैले कापीको मञ्चमा डटपेनको माइक बनाउनु नै मैले उचित ठाने, उनको प्रतिश्पर्धी बनेर ।


परिवर्तन र नारी स्वतन्त्रता

| Monday, May 30, 2011 |

नेपाल परिवर्तनको चाहना गर्ने देश हो । यहाँ नेपाललाई नै परिवर्तन गराएर नयाँ नेपाल बनाउने सोँचहरु पनि आए तर सोँच परिवर्तन गर्न चाहने नै परिर्वन भए तर परिवर्तन भएन केहि । संविधान परिवर्तन हाम्रो प्रमुख लक्ष्य हो यही परिवर्तनहरुको भीडमा नारीवादी विचारकहरु स्वस्थानीका बुकहरु र धार्मीक बुकहरु परिवर्तन गरेर स्वतन्त्र हुन चाहन्छन् । ती महान् नारीवादीहरुप्रति समर्पीत हो यो चिठी ।


देशले रगत मागे

| Thursday, May 26, 2011 |

देशले रगत मागे मलाइ बली चढाउ..... । यो मलाइ अत्यन्त हृदयस्पर्शी लाग्ने गीत हो । हुन पनि वास्तवमा देशलाई चाहिएजति रगत बगाउनेहरुले भरीएको देश हो नेपाल । यो भूमी पृथ्वीनारायण शाहदेखी अप्रतिगामीहरुका रगत सिँचीएको छ । परमवीर योद्धा बलभद्रदेखि लिएर प्रतिगामीहरुका रगत बगेका छन् । शहीदको रगतले यो देशको माटो मुछिएको छ भने राणाहरुको रगत धानको बालामा झुलेको देख्न सकिन्छ । महत् नेताहरु विपी र मदनको रगतका दागहरु पनि यत्रतत्र भेटिन्छ भने इतिहासमा नाम हराएकाहरुको रगतको वास्ना बासन्ती पवनमा अनुभव गर्न सकिन्छ । इतिहासमा अँग्रेजसँग लड्दा बगेका रगत र वर्तमानमा आफूले आफ्नै खुट्टा काट्दा बगेका रगतको कुरा गर्ने हो भने लाल सागर हेर्न अरु कतै जान पर्दैन ।


तारागण सम्मेलन

| |

चुक घोप्ट्याइएको एक रात, चकमन्न थियो आँैशिको त्यो रात ! सारा संसार पलभरको लागि श्मशानमा बदलिएझैँ देखिन्थ्यो । मैले सुनेको यथार्थ थाहा छैन, त्यो रातको सामना गर्न नसकेर र सामना गर्ने प्रयासमा कैयाँै दीपहरु असमयमै मृत्यूवरण गर्न बाध्य भएका थिए । म यो कुरामा विश्वास गरुँ या नगरुँ बडो द्विविधामा छु किनकि चन्द्रमा पनि डराएर कतै लुकेको थियो त्यो रातमा तर यो पनि सत्य हो कि दीपको अनुपस्थिती अँध्यारो हो, अँध्यारोको कुनै अस्तित्व हुँदैन र अस्तित्वहीन वस्तुले कसैको अस्तित्व मेटाउन सक्दैन ।


सर्वाधिक हेरीएको

साथीहरु