योगेन्द्र उपाध्याय "पुष्प"

Mero Sahitya ra Nepali Kitab Sangalo

एक्सक्लुटिभ:

संवाद (लेख संग्रह)

| Friday, December 2, 2011 |


यस पुस्तक भित्रबाट...........


देवेन्द्र गौतमज्यूले प्रश्न गर्नुभएको रहेछ— “आमाको शोकमा बसिरहेको बेला लेख लेखेर आमाको आत्मालाई शान्ति मिल्यो र ?” म विनम्रतापूर्वक उहाँसँग प्रश्न गर्न चाहन्छु— शोकको बेला शोकको कुरा नगरे कहिले गर्ने त ? समस्त हिन्दू धर्मावलम्बीहरूले गर्व गर्ने थलो आराध्यदेव पशुपतिनाथ मन्दिर र पवित्र आर्यघाटलाई प्रदूषणमुक्त गर्ने सङ्कल्प गर्दा हामीलाई लाग्छ हाम्री आमाको दिवङ्गत आत्माले शान्ति नै पायो होला र यस कार्यका लागि अवश्यै हामीलाई उहाँट आशीर्वाद प्राप्त भयो होला ।




तु फुका केही कविता (अनुवादित नेपाली कविताहरु)

| Thursday, December 1, 2011 |


यस पुस्तक भित्रबाट...........



थकित स्वादलाई मुस्किलले
सन्तुष्ट तुल्याउन सक्लान्
सायदै छोइए होलान्
तयार पार्न त्यतिको बल र बुद्धि लागेका ती वस्तु,
दरबारी नोकरहरू शाही भान्छाबाट
ल्याउँछन् बडो होशियारीपूर्वक नयाँ परिकारहरू,
दानवको हृदय पनि पग्लिने
संगीत छरिरहेछ साज–समूह,
प्रमुख पाहुना र उनका चाकरहरू
भैरहेछन् जम्मा एकै ठाउँमा,

तु फुका केही कविता (अनुवादित नेपाली कविताहरु) पुस्तक डाउनलोड गर्न यहाँ क्लीक गर्नुहोस्


लक्ष्मी कवितासंग्रह (लक्ष्मीप्रसाद देवकोटा)

| |


यस पुस्तक भित्रबाट...........


सागरकी काली !
सागर–नीलो
हिउँकी गौरी !
वज्र–करा !
पर्वत–शिल्पिनि !
ध्वंस–प्रजल्पिनि !
वर्षा–विलपिनि !
छाँगा–छहरा !
देवि ! तिम्रो रुप छ अनगिन
नाम अनन्त छ पारावार !
माई ! धाई !
वर्णन गर्न तिम्रो आज,
सक्तिन हाई !
केवल गर्छु नमस्कार !




महाभिनिष्क्रमणका अस्वीकृत पाइला (अस्वीकृत उपन्यास)– डा. कविताराम श्रेष्ठ (Life of Gautam Buddha, Must Read)

| Tuesday, November 29, 2011 |


यस पुस्तक भित्रबाट...........

शुद्धोदन बुद्धि, बल, विद्या र शस्त्रपरिचालनको कुशलताको कारण युवाकालदेखि नै प्रख्यात थिए । धेरै पहिलेको कुरा हो । शुद्धोदन २० वर्ष नाघेर जब सङ्घको सदस्य भइसकेका थिए त्यसबखत कोसल राज्यसँगको युद्धमा उनले ठूलो पराक्रम देखाएका थिए । त्यस युद्धमा शाक्यगणले पहिलेदेखि गुमेको आफ्ना सार्वभौमिकता ता फिर्ता पाएनन्, तर कोसलसम्राट् महाकोसलले शाक्यगण र शुद्धोदनको बीरताबाट राम्रै प्रभावित हुन पुगी शाक्य गणराज्यलाई सामान्य करमात्र तिर्नपर्ने गरी स्वतन्त्र छाडिदिएका थिए । 


अनोठो यात्रा (विज्ञान बालउपन्यास) – डा. किवताराम श्रेष्ठ

| |


यस पुस्तक भित्रबाट...........

मात्र तपार्ईंहरुले बोक्ने हावाको फोकाबारेमा कौतुहलता थियो । तपार्ईंहरु दुवैथरीलाई भेटेर खुसी लाग्यो । मेरो नाम सूजीता हो, छोटोमा सूजी । म नौ कक्षामा पढ्दैछु । मैले केही विज्ञानका किताबहरु पढेको छु । मलाई शरीर भित्रका साधारण कुराहरुबारे केही थाहा छ । हामी मान्छेहरुले शरीरका सबै अंगप्रत्येंग र जीवकोशिकाहरुकाबारेमा निक्कै अध्ययन गरेका छौं । मलाई पो त्यति केहीपनि थाहा छैन बरु ।




अस्तित्वको खोज मंगोलको

| |


यस पुस्तक भित्रबाट...........

हामी मूलबासी मंगोल हेर्दा हात्ती जस्तै बलियो छौं तर त्यस्तै मूर्ख पनि । त्यसैकारण लिखुरे माउतेलाई घुँडा टेकेर सुँडले टाउकोमा पु¥याउँछौं र टाउकोमा फलामे डन्डा थाप्छौं । हामी मौरी जस्तो मेहनती पनि छौं तर त्यस्तै अनभिज्ञ पनि । हामीले रगत, पसिनाले जोहो गरेको मह कुन दुष्ट डाठले खाइदिन्छ र घरमा आगो लगाई दिन्छ पत्तै हुँदैन । कुकर जस्तो इमान्दार र स्वामीभक्त मात्र बनेकोले मालिकले खान नसकेको जुठो हड्डि मात्र फेंकिदिन्छ तरै पनि त्यही चपाएर मस्त रहन्छौं, परम्परामा लड्छौं, भिड्छौं, हामी चारोको खोजमा संसार भर खेदिन्छौं, घर छाडेर विदेसिंदा रमाउँछौं, गजक्क पर्छौंं, हाम्रो मेहनतको पोकोले हाम्रो धोको कहिल्यै पूरा हुँदैन । किनकी यहाँ त घर साङलोलाई वन साङलोले लखेटेको उखान लागु छ । विखालु माकुरोको जालोमा फस्ने माखोको कथा छ ।


देशै हराएपछि, उपन्यास (डिल्लीराम शर्मा आचार्य)

| |


यस पुस्तक भित्रबाट...........

बाहिर पानीको गति विस्तारै बड्दै थियो । घरीघरी बिजुलीस“ग आकाशको लामो गर्जाईले रमाका मन भित्रपनि बिजुली चम्काइदिन शुरू ग¥यो । अझ दिपक छेवैमा टासिएर घरीघरी दिपकको शरीरले रमाको शरीरमा स्पर्श गराउ“दा रमालाई करेन्टको भित्री झड्का दिएको महसुस हुन्थ्यो । विस्तारै रमाको शरीरले जिरिङजिरिङ गरी तातो भएर भित्री कम्प दिन थाल्यो । दिपकको हात रमाका काखमा थियो रमाको शरीर फुल्दै बिसाउ“दै गथ्र्यो । रमा हात पन्छाएर सर्न खोजी, तर दिपकले धेरै पकड जमाइसकेको हुनाले रमाको प्रयास विफल भयो । 



सर्वाधिक हेरीएको

साथीहरु