एक्सक्लुटिभ:

महाभिनिष्क्रमणका अस्वीकृत पाइला (अस्वीकृत उपन्यास)– डा. कविताराम श्रेष्ठ (Life of Gautam Buddha, Must Read)

| Tuesday, November 29, 2011 |


यस पुस्तक भित्रबाट...........

शुद्धोदन बुद्धि, बल, विद्या र शस्त्रपरिचालनको कुशलताको कारण युवाकालदेखि नै प्रख्यात थिए । धेरै पहिलेको कुरा हो । शुद्धोदन २० वर्ष नाघेर जब सङ्घको सदस्य भइसकेका थिए त्यसबखत कोसल राज्यसँगको युद्धमा उनले ठूलो पराक्रम देखाएका थिए । त्यस युद्धमा शाक्यगणले पहिलेदेखि गुमेको आफ्ना सार्वभौमिकता ता फिर्ता पाएनन्, तर कोसलसम्राट् महाकोसलले शाक्यगण र शुद्धोदनको बीरताबाट राम्रै प्रभावित हुन पुगी शाक्य गणराज्यलाई सामान्य करमात्र तिर्नपर्ने गरी स्वतन्त्र छाडिदिएका थिए । 


अनोठो यात्रा (विज्ञान बालउपन्यास) – डा. किवताराम श्रेष्ठ

| |


यस पुस्तक भित्रबाट...........

मात्र तपार्ईंहरुले बोक्ने हावाको फोकाबारेमा कौतुहलता थियो । तपार्ईंहरु दुवैथरीलाई भेटेर खुसी लाग्यो । मेरो नाम सूजीता हो, छोटोमा सूजी । म नौ कक्षामा पढ्दैछु । मैले केही विज्ञानका किताबहरु पढेको छु । मलाई शरीर भित्रका साधारण कुराहरुबारे केही थाहा छ । हामी मान्छेहरुले शरीरका सबै अंगप्रत्येंग र जीवकोशिकाहरुकाबारेमा निक्कै अध्ययन गरेका छौं । मलाई पो त्यति केहीपनि थाहा छैन बरु ।




अस्तित्वको खोज मंगोलको

| |


यस पुस्तक भित्रबाट...........

हामी मूलबासी मंगोल हेर्दा हात्ती जस्तै बलियो छौं तर त्यस्तै मूर्ख पनि । त्यसैकारण लिखुरे माउतेलाई घुँडा टेकेर सुँडले टाउकोमा पु¥याउँछौं र टाउकोमा फलामे डन्डा थाप्छौं । हामी मौरी जस्तो मेहनती पनि छौं तर त्यस्तै अनभिज्ञ पनि । हामीले रगत, पसिनाले जोहो गरेको मह कुन दुष्ट डाठले खाइदिन्छ र घरमा आगो लगाई दिन्छ पत्तै हुँदैन । कुकर जस्तो इमान्दार र स्वामीभक्त मात्र बनेकोले मालिकले खान नसकेको जुठो हड्डि मात्र फेंकिदिन्छ तरै पनि त्यही चपाएर मस्त रहन्छौं, परम्परामा लड्छौं, भिड्छौं, हामी चारोको खोजमा संसार भर खेदिन्छौं, घर छाडेर विदेसिंदा रमाउँछौं, गजक्क पर्छौंं, हाम्रो मेहनतको पोकोले हाम्रो धोको कहिल्यै पूरा हुँदैन । किनकी यहाँ त घर साङलोलाई वन साङलोले लखेटेको उखान लागु छ । विखालु माकुरोको जालोमा फस्ने माखोको कथा छ ।


देशै हराएपछि, उपन्यास (डिल्लीराम शर्मा आचार्य)

| |


यस पुस्तक भित्रबाट...........

बाहिर पानीको गति विस्तारै बड्दै थियो । घरीघरी बिजुलीस“ग आकाशको लामो गर्जाईले रमाका मन भित्रपनि बिजुली चम्काइदिन शुरू ग¥यो । अझ दिपक छेवैमा टासिएर घरीघरी दिपकको शरीरले रमाको शरीरमा स्पर्श गराउ“दा रमालाई करेन्टको भित्री झड्का दिएको महसुस हुन्थ्यो । विस्तारै रमाको शरीरले जिरिङजिरिङ गरी तातो भएर भित्री कम्प दिन थाल्यो । दिपकको हात रमाका काखमा थियो रमाको शरीर फुल्दै बिसाउ“दै गथ्र्यो । रमा हात पन्छाएर सर्न खोजी, तर दिपकले धेरै पकड जमाइसकेको हुनाले रमाको प्रयास विफल भयो । 



सारङ्गीको याईँयाईँ र बाल गन्धर्भ (नेपाली र अंग्रेजीमा उपन्यास)

| |


यस पुस्तक भित्रबाट...........

मेरो बुबाले सारङ्गीको तार मिलाएर सिध्याउनुभयो र ¥याईँ¥याईँ बजाउँदै तीखो स्वरमा घोक्रो फुलाएर देवीदउताको पुरानो भाकाको प्रार्थना गाउन सुरु गर्नुभयो – 

अवरिया पनि कि, यकुनाम लिउँ पनि कि, 
परमेश्वरीके दोस्रो नाम लिउँ पनि कि, 
रामचन्द्रके तेस्रो नाम लिउँ पनि कि, 
वीर हुनुमान संकट मोचन गर भगवान, 
आहै राम नी हो...
My father finished fixing the strings and started singing with a high pitch a traditional prayer for deities- 
Should I start this song with prayers,
I pray to all the gods at first.
I pray in the second to the great goddess,
I pray in third to Lord Ram,
Lord Hanuman ! relieve us from obstacles,
Oh Lord Ram...



नेपाली आधुनिक सङ्गीतको लय (नेपाली आधुनिक गीतको इतिहास)

| |

यस पुस्तक भित्रबाट...........


शास्त्रीय सङ्गीत कुनै पनि मुलुकको ऐतिहासिक सङ्गीत मानिन्छ भने आधुनिक
सङ्गीत समय र कालअनुसार देश, देशीय स्वभाव, स्थानान्तरण, पुनर्बास, परर्राष्ट्र
सम्बन्धीकरण, मानव–जीवन, मानवीय जीवनको मूल्य, मान्यता र संघर्षमा यसको
उत्थापन भएको पाइन्छ । आधुनिक सङ्गीत दिक्, काल र गतिविधिको आधारमा
सिर्जित हुन्छ त्यसैले यसलाई समकालीन सङ्गीत पनि भनिन्छ । आधुनिक
सङ्गीतको विकास बहस, विचारको विनिमय, सोचाइको अभिव्यक्ति, साङ्केतिक
माध्यम र संवादको आधारमा भएको देखिन्छ ।




अन्तिम आग्रह (नेपाली विविध कथा संग्रह)

| |


यस पुस्तक भित्रबाट...........

सुन्दरीजल खोलाको कलकल आवाज, झरनाको छङ्छङ
सङ्गीतसँगै झ्याउँकिरी अनि झिँगुरको क्यारक्यार आवाज निरन्तर
आइरहेको थियो । परबाट बेलाबेलामा कुकुर अनि स्यालहरू कराएको
सुनिन्छ । नितान्त सुनसान अनि प्रकृतिसँगै सुस्ताइरहेको रात । आज
मलाई कताकता कसैले आवाज दिएझैँ, कसैले गुहार मागिरहेझैँ
लाग्यो । म जुरुक्क उठेँ । झ्याल खोलेर परसम्म आँखा तन्काएर
हेरेँ । चकमन्न रात, उसरी नै सुन्दरीजलको पानीमा टहटह
चम्किरहेको जून अनि चिसोचिसो मुटु छुने स्याँठ




सर्वाधिक हेरीएको

साथीहरु