एक्सक्लुटिभ:

परिवर्तन र नारी स्वतन्त्रता

| Monday, May 30, 2011 |

नेपाल परिवर्तनको चाहना गर्ने देश हो । यहाँ नेपाललाई नै परिवर्तन गराएर नयाँ नेपाल बनाउने सोँचहरु पनि आए तर सोँच परिवर्तन गर्न चाहने नै परिर्वन भए तर परिवर्तन भएन केहि । संविधान परिवर्तन हाम्रो प्रमुख लक्ष्य हो यही परिवर्तनहरुको भीडमा नारीवादी विचारकहरु स्वस्थानीका बुकहरु र धार्मीक बुकहरु परिवर्तन गरेर स्वतन्त्र हुन चाहन्छन् । ती महान् नारीवादीहरुप्रति समर्पीत हो यो चिठी ।


दिदी,
हजुरको लेख नारी स्वतन्त्रताको लक्ष्यमा पुग्न एउटा गोरेटो बनोस् यो मेरो शुभकामना हो, तर के इतिहास वा कथाका पानामा नारी उच्च हुनु के नारी स्वतन्त्रता हो र ? दिदी इतिहासका पानामा स्वतन्त्रता पाउन हजुरले विश्वका सम्पूर्ण किताबका पाना बदल्नु पर्ने हुन्छ र शायद हजुरसँग स्वस्थानीका सम्पूर्ण सँस्करणहरु परिवर्तन गर्ने क्षमता पनि छैन होला ! दिदी राणा शासनको बेलामा उनीहरुलाई प्रसंशित बनाएर छापिएका बुकहरु च्यात्दैमा शहीदहरु जीवित हुँदैनन् न दशवर्षसम्म देशमा पुत्र गुमाएका व्यक्तिहरुको इतिहास बदल्दैमा चीताबाट उडेका खरानीहरुमा प्राण नै थपिन्छन् । दिदी इतिहासलाई वर्तमानका कुराले मात्र मेटाउन सक्ने भए शायद पुरुष महिलाका गुलाम हुनेथिए किनकी जति अहिले महिला स्वतन्त्रताका कुरा उठ्छन् शायद त्यति पुरुषको निरँकुशताका कुरा इतिहासका पानामा छैनन् होला ।

दिदी, के स्वतन्त्रता भनेको अरुले दिएको आकाशमा उड्नु हो र ? र मेरो विचारमा अरुले नदिएको आकाश खोसेर त्यो आकाशमा उड्नु पनि स्वतन्त्रता होइन । दिदी, के स्वतन्त्रता भनेको आफ्नो खुट्टामा बाँधिएको सिक्री चापि अरुसँग माँगेर बन्धनमुक्त हुनु हो र ? दिदी, के स्वतन्त्रता त्यो वस्तु हो र ? जुन अरुको अस्तित्व भन्दा आफ्नो अस्तित्व उच्च पारेर बनाइएको हुन्छ ? दिदी, स्वतन्त्रता भनेको त त्यो अमूल्य निधी हो, जो आफूभित्र हुन्छ र माग्नु पर्दैन कसैसँग । दिदी, यो कुरा हमेशा याद राख्नुस् तपाईँको लागि आरक्षण गरिदिएको कोटामा जागीर खान पाउनु तपाईँको स्वतन्त्रता होेइन ।

दीदी मानिस अरुमा दोष देखाएर आफूलाई निर्दोष सावित गरेर स्वतन्त्र भएको महशुस गर्दछ, तर आफू भित्रको दोष देखाएर उ स्वतन्त्र बस्न सक्दैन । दिदी, के हजुर भिनाजु भन्दा बढि कमाउने हुनुहुन्छ ? दिदी के तपाईँ भिनाजुभन्दा बढी शिक्षित हुनुहुन्छ ? दिदी, म भन्न त चाहन्न तर के मेरी भाञ्जी पी.एच.डी. गर्दैछिन् भने उसको के उसको हात तपार्इँ बिना कुनै सँकोच एस्.एल.सी. फेल भएको केटाको हातमा दिन सक्नुहुन्छ ? नाईँ सक्नुहुन्न होला ! सके पनि कसैलाई (पुरुषलाई) देखाउन गर्नुहुन्छ, तर अरुलाई देखाउन आकाशमा जतिसुकै पँख फैलाएर उडेपनि त्यो पंछी स्वतन्त्र हुन सक्दैन । दिदी, तपाईँ स्वतन्त्रताको कुरा त गर्नुहुन्छ तर स्वतन्त्रताको बारेमा सोँच्दा पनि परतन्त्र हुनुहुन्छ । नत्र किताब बदल्ने जस्तो तुच्छ विचार हजुरजस्ती विदूषीमा आउने थिएन होला !

दिदी मैले सुनेको यौटा कुरा, सत्य हो वा होइन थाहा छैन । अदालतमा नारी वकीलले न्यायाधीशलाई श्रीमान् भनेर सम्बोधन नगर्ने रे ! शब्दमा अल्झीनुभयो तपाईँहरु । श्रीमान् भन्दैमा कोहि श्रीमान् हुँदैन, तपाईँले श्रीमान् भन्दा तपाईँको श्रीमान्लाई त केहि असर परेन भने तपाईँलाई किन असर पर्यो ? यदि तपाईँ आफूलाई सती साबित्री बनाउन अरुलाई श्रीमान् भन्न चाहनुहुन्न भने तपाईँको सतीत्व कसको लागी हो ? एउटा पुरुषकै लागि त हो नि ! दिदी, शब्दमा अल्झनुभयो भने तपाईँलाई शब्दमै रमाउने ह्याबिट हुन्छ र आइ एम स्योर तपार्इँले पुरुषको विरुद्धमा एउटा डिक्सनरी तयार गर्न सक्नुहुन्छ, यौटा पुरुषको विरुद्धमा गाइड लाईन तयार गर्न सक्नुहुन्छ तर गाइड लाइन ले स्वतन्त्रता प्रदान गर्दैन । दिदी, स्वतन्त्रताको गाइड लाईन हुँदैन । स्वतन्त्रता त्यो अलौकिक वस्तु हो जसलाई गाइड लाईनले सिमीत बनाइदिन्छ । गाइड लाइन भन्नु र पिँजडा भन्नुमा के फरक देख्नुहुन्छ तपाईँ ?

दिदी, नेपालमा यौटा कानुन बनाइयो । पत्नीसँग पतिले जबर्जस्ती यौन सम्पर्क गर्न नपाउने रे ! दिदी, यौन क्षमता पुरुषसँग पनि हुन्छ र महिलासँग पनि अझ महिलामा पुरुषभन्दा छ गुणा बढी नै हुन्छ । इतिहासमा सबै पुरुष पत्नीभन्दा शारीरीक रुपमा बलीया पनि थिएनन् होला, कुनै पत्नीले पतिलाई पनि जबर्जस्ती यौनन्मुख गराएकै थिए होलान् तर पुरुषले कहिले कानुनका किताबमा यो कुरा लेख्न चाहेन तर महिलालाई यो कुराले किन यति प्रताडित बनायो । दिदी, धर्मा मुभीमा महिलाले पुरुषको बलात्कार गरेको यौटा दृश्यलाई सेन्सर गरिएको कुरा हजुरलाई ज्ञात होला ! दिदी, यो सेन्सर महिलाको पक्षमा हो भन्ने ठान्नुहुन्छ भने यो तपार्ईको भ्रम हो । किनकि यौन क्षमता दुबैमा हुन्छ र बलात्कार गर्ने प्राकृतिक अवगुण पनि दुबैमा हुन्छ, त्यो महिलाको अवगुण प्रस्तुत गर्दा आफ्नो इज्जत पखालीएको महशुस किन भयो महिलाहरुलाई । अनि अर्को कुरा, यदि कुनै महिला पुरुषको यौनिक अत्याचार सहन चाहन्ने भने डिभोर्स गरेर बसोस् ! डिभोर्सित महिलालाई सोसाइटीले चैनसँग बस्न दिँदैन भन्नुहोला ! दिदी, तपाईँको युद्ध पनि सोसाइटिको विरुद्धमा हो भने किन सोसाइटिबाट चैनको अपेक्षा गर्नुहुन्छ ? दिदी, यथार्थलाई नछुपाइ भन्न पर्दा, हिस्टेरीया महिलामा लाग्ने रोग हो ।

अल्पविद्या भयँकरी, दिदी, वैज्ञानिक रुपमा हावादारी छन् पूर्वीय दर्शनका किताबहरु, किनकी तपाइलाई हावादारी कुरा सुन्ने बानी परिसकेको छ, तपार्इँलाई स्वस्थानीको बुक त्यो पनि नेपालीमा पढ्न एक हप्ता लाग्यो र सँस्कृत साहित्यमा स्वस्थानी जस्ता बुकहरु लाखौँ होलान् र तपाइलाई ती पुस्तक पढ्न कति समय लाग्ला र त्यसको निचोड निकाल्न कति समय लाग्ला ? दिदी, फेरी हावादारीकै कुरा गर्ने हो भने मुस्लीम सोसाइटीमा महिलालाई बुर्का लगाउने सिस्टम अझै पनि छ, दिदी, हजुरलाई थाहा नहोला बाइबलमा पृथ्वी च्याप्टो बताइएको छ, जैन धर्ममा दिगम्बरहरु नाङ्गै हिँड्छन् र यसरी हेर्नुभयो भने महिलालाई दिगम्बर बन्न रोक लगाइएको छ । अब यीनीहरुलाई पनि परिवर्तन गर्नुपर्छ । दिदी, मलाई तपाईँको अस्मीता रक्षा गर्न भाइटिकामा दिएको बचन अझै पनि याद छ, दिदी, भन्नुस मात्र तपाई मलाई, मसँग महाभारत, पुराण, दर्शन, प्रतिशाख्य, शिक्षा, बेद, उपनिषद, व्याकरण, गीता, रामायण, बाइबल, कुरान, गुरुग्रन्थ साबिह, धम्मपद, त्रीपीटक पुनर्लेखन गर्ने क्षमता छ, तर म यसमा विश्वस्त छैन कि किताबलाई परिवर्तन गर्दैमा तपाईँ स्वतन्त्र बन्न सक्नुहुन्छ ।


0 comments:

Post a Comment

सर्वाधिक हेरीएको

साथीहरु